रेल दुर्घटना हुँदा तीन जनाको मृत्यु, ६५० जना घाइते

एजेन्सी

बुधबार, २५ पुस २०७५, १८ : ३१
रेल दुर्घटना हुँदा तीन जनाको मृत्यु, ६५० जना घाइते

जोहानेस्बर्ग । दक्षिण अफ्रिकामा मङ्गलबार बिहान भएको एक रेल दुर्घटनामा परी कम्तीमा तीन व्यक्तिको मृत्यु हुनुको साथै अन्य ६२० जना घाइते भएका स्थानीय सञ्चार माध्यमले जानकारी दिएका छन् । 
दक्षिण अफ्रिकाको ग्रामीण इलाकामा रेल सेवा दिइरहेका दुई ओटा रेल एक आपसमा ठोक्किँदा यो दुर्घटना भएको बताइएको छ । दुबै रेल राज्यद्धारा सञ्चालित रहेको बताइएको छ । 
दुबै रेल एउटै लाइनमा यात्रा गरिरहेका थिए । प्रेटोरियाबाट मबोपानेतर्फ गहिरेको पहाडी इलाकामा पर्ने रेलवे स्टेशन प्रेटोरियामा सो दुर्घटना भएको थियो । 
यी दुबै रेलमा करिब ८०० व्यक्ति यात्रा गरिहेका र तीमध्ये दुर्घटनामा परी तीनको मृत्यु हुनुका साथै अन्य ६२० घाइते भएका छन् ।  (रासस/सिन्ह्वा) 

प्रतिक्रिया दिनुहोस