कांग्रेसमा विवाद चुलिदै, पौडेल समूहको छुट्टै बैठक

पत्रपत्रिकाबाट

मंगलबार, २५ पुस २०७४, ०७ : १८
कांग्रेसमा विवाद चुलिदै, पौडेल समूहको छुट्टै बैठक

निर्वाचन पराजयसँगै सत्तारुढ दल कांग्रेसभित्र गुटगत विवाद चुलिएको छ । प्रत्यक्षतर्फ नराम्ररी पराजय भएपछि विशेष महाधिवेशन बोलाउन माग गर्दै आएको पौडेल समूहले सोमबार छुट्टै बैठक गरी नेतृत्व, संगठन र सिद्धान्त परिमार्जनका विषयमा छलफल गरेको छ । वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंहसहित १४ नेता सहभागी बैठकले नेतृत्वलाई पार्टी विधानअनुसार चल्न दबाब दिने सहमति गरेको नेताहरूले बताएका छन् । पौडेल पक्षकै सात युवा नेताले पनि सोमबारै कांग्रेसप्रति शुभेच्छा राख्ने बुद्धिजीवीसँग छलफल गरेका छन् ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस