भिडियो गेम खेलेर २७ वर्षका युवकले एक वर्षमा कमाए १ अर्ब ११ करोड

एजेन्सी

शुक्रबार, २० पुस २०७५, १८ : १७
भिडियो गेम खेलेर २७ वर्षका युवकले एक वर्षमा कमाए १ अर्ब ११ करोड

अमेरिकाका टाइलर ब्लेविन्स (२७) ले भिडियो गेमबाट पछिल्लो वर्ष १० मिलियन डलर (एक अर्ब ११ करोड रुपैयाँ) कमाएका छन् । निन्जा नामबाट चर्चित टाइलरको आफ्नो ७० प्रतिशत आयको मुख्य स्रोत युट्युब र ट्वीच (भिडियोको एउटा प्लेटफर्म) भएको बताउँछन् । ब्लेविन्सले एपिक गेम्स नामको कम्पनी पनि बनाएका छन् । एक रिपोर्ट अनुसार पछिल्लो वर्ष यसको नाफा तीन अर्ब डलर रह्यो ।

र्याप गायकसँग देखिएपछि चर्चित भएः

सन् २०१८ को मार्चमा ब्लेविन्स र्याप सिंगर ड्रेकसँग एक लाइभ भिडियोमा देखिए । यसलाई ६ लाखभन्दा बढीले हेरे । त्यही बेलादेखि टाइलर सोसल मिडियामा चर्चित भए । टाइलरले एक गेम फोर्टनाइट बनाएका छन् ।

युट्युबमा टाइलरको आफ्नो च्यानल छ । युट्युबमा उनका दुई करोडभन्दा बढी दर्शक छन् । उक्त च्यानलमा पप–अप एड देखिन्छन् । विज्ञापनबाट हुने कमाईको केही हिस्सा टाइलरले पनि पाउँछन् । यस्तै, युट्युबमा निन्जाको भिडियोलाई लाखौँपटक हेरिसकिएको छ ।

विज्ञापनबाट पनि हुन्छ कमाईः

ट्विचमा टाइलरका सवा लाखभन्दा बढी फलोअर हो । यीमध्ये ४० हजारभन्दा बढीले उनको भिडियो हेर्नका लागि पैसा तिर्छन् । भिडियो हेर्नका लागि तीन प्रकारका अफर छन् । तपाईं ४.९९ डलर वा ९.९९ डलर वा २५ डलर प्रति महिना तिर्न सक्नुहुन्छ । मानिसहरुले सब्सक्रिप्शन नलिएको खण्डमा विज्ञापनबाट पाउने रकमले टाइलरको मद्दत गर्छ ।

सामसङ, उबर इट्स र रेड बुल पनि टाइलरका प्रायोजब हुन् त्यसकारण यी कम्पनीबाट पनि उनको कमाई हुन्छ । सेप्टेम्बरमा टाइलर इएसपीएन द म्यागजिनको कभरमा छापिएका थिए । कतिले उनलाई उनी एथलेट हुन् भनी सोधे । यसमा टाइलरले जवाफ दिएका थिए, ‘आफूलाई व्यवसायी मान्नुको साटो म सानो कफी पसलमा बसेर गेम खेल्ने व्यक्ति ठान्छु ।’

एक आँकलनका अनुसार पछिल्लो वर्ष मानिसहरुले चार हजार घण्टा (करिब एक सय ४० दिन) फोर्टनाइट खेले । टाइलर र उनकी श्रीमती (म्यानेजर) जेसदे कतिजना सब्सक्राइबर हारिरहेका छन् र उनीहरुको कति पैसा गुमिरहेको छ भनेर हिसाब गर्छन् । फोर्टनाइटको संसारभरी २० करोड खेलाडी दर्ता छन् । गत वर्ष जूनदेखि यसमा ६० प्रतिशत वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस