नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई दलियो कालोमोसो

सफल खबर संवाददाता

शुक्रबार, २० पुस २०७५, १७ : ५१
नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई दलियो कालोमोसो

काठमाडौं । नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई कालोमोसो दलिएको छ ।
मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको युवा संगठन क्रान्तिकारी युवा लिगले उनको कार्यकक्षमै पुगेर कालोमोसो दलेको हो । 
वाइड बडी विमान प्रकरणमा मुछिएका महाप्रवन्धक कंसकारलाई शुक्रबार साढे ३ बजे उनकै कार्यकक्षमा कालोमोसो दलिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस