चितवनको खैरहनीमा हात्ती आंतक

शुक्रबार, २० पुस २०७५, १३ : ३९
चितवनको खैरहनीमा हात्ती आंतक

चितवन । पुर्वी चितवनको खैरहनी नगरपालिका कुमरोजमा १५ दिनदेखि रोनाल्डो नामको जंगली हात्तीले आंतक मच्चाई रहेको छ । जसका कारण स्थानियहरु त्रासित बनेका छन् ।

निकुञ्जको पुर्वी क्षेत्रलाई वासस्थान बनाउँदै आएको रोनाल्डोले कुमरोजको बस्तीमा पसेर घर भत्काउने केराबारी र खाद्यान्नबाली नष्ट गर्ने गरिरहेको स्थानिय गोविन्द दराईले जानकरारी दिनुभयो । उहाँका अनुसार रोनाल्डोले गाई गोड , बंगुर खोर र सटर समेत भत्काएको पाईएको छ ।
स्थानिय राजु दराईको घरको सटर भत्काएर धान खाएको छ । नवराज उप्रेतीको बंगुरको खोर भत्काएको छ । पुमरी एग्रो फरेष्टीमा लगाएको केरा बगानमा समेत क्षति पुर्याएको जनाईएको छ ।
रोनाल्डो चितवनको सौराहा स्थित हात्ती प्रजनन् केन्द्र खोरसोरमा पोथी हात्तीहरुसँग रमाउँने गर्छ । बेलाबेलामा यसले सोही क्षेत्रमा पनि आतंक मच्चाउने गर्र्दै आईरहेको छ । यसले मानिसको समेत ज्यान लिईसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस