चीनमा आठ लाख सामाजिक संस्था दर्ता

एजेन्सी

शुक्रबार, २० पुस २०७५, ०९ : ४२
चीनमा आठ लाख सामाजिक संस्था दर्ता

बेइजिङ्ची । नको नागरिक मामिला मन्त्री हुअङ शुसिआनले देशभरी आठ लाख भन्दा बढी सामाजिक संस्था दर्ता भएको जानकारी दिनुभएको छ । 
बिहीबार भएको एउटा भिडियो सम्मेलनमा उहाँले चीनका सामाजिक संघसंस्थाहरु विभिन्न प्रकृतिका रहेको बताउनुभयो । 
चीनमा सामुदायिक समूहहरु, कोष, औद्योगीक संस्था र गैर–नाफामुलक विभिन्न संस्थाहरु सामाजिक संस्थाका रुपमा क्रियाशिल रहेको उहाँको भनाई छ । 
देशमा अवैध रुपमा रहेका पाँच हजार ८४५ ओटा सामाजिक संस्थाहरुका बारेमा अनुसन्धान गरेर गत बर्ष बन्द गरिदिएको पनि मन्त्री शुसिआनले जानकारी दिनुभयो । 
चीनमा झण्डै १२ हजार स्वयमसेवी संस्थाहरु दर्ता भएका छन् । ती संस्थाहरुका झण्डै दश करोड स्वयमसेवकहरु दर्ता छन् । 
ती स्वयमसेवकहरुले एक अरब २० करोड घण्टा स्वयमसेवी काम गर्ने मन्त्री शुक्षीनले बताउनु भयो । (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस