रुसमा भएको गगनचुम्बी एक विस्फोटमा परी १४ जनाको मृत्यु

एजेन्सी

बुधबार, १८ पुस २०७५, १६ : २२
रुसमा भएको गगनचुम्बी एक विस्फोटमा परी १४ जनाको मृत्यु

मस्को । मध्य रुसमा नयाँ वर्षको पूर्व सन्ध्याका दिनमा भएको गगनचुम्बी एक विस्फोटमा परी कम्तीमा १४ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बुधबार जानकारी दिएका छन् । भवनभग्नावशेषबाट शवहरु निकाल्ने कार्य उद्धारकर्ताहरुले जारी राखेका छन् । 
पूर्वी मस्कोबाट करिब १ हजार ७०० किलोममिटर टाढा रहेको यस इलाकामा भएको विस्फोटबाट १४ व्यक्तिको शव निकालिएको र अन्य २७ अझै वेपत्ता रहेका स्थानीय सरकारी कार्यालयले जानकारी दिएको छ । 
सो विस्फोटपछि भवनभग्नावशेषबाट पाँच व्यक्तिलाई भने सकुशल उद्धार गरिएको छ । उद्धार गरिएकाृ सो व्यक्तिहरुमा एक बालकसमेत रहेका छन् । सो विस्फोटबाट यस इकालामा रहेका ८६ आवासिय भवनमा क्षति नभएको पनि जानकारी सरकारी स्रोतले दिएको छ । 
करिब ११ सय व्यक्तिको बसोवास रहेको यस आवासिय क्षेत्रका भीषण विस्फोट भएको बताइएको छ । यस विस्फोटबाट करिब ३५ वटा अपार्टमेन्टहरु ध्वस्त भएका र १० वटा क्षतिग्रस्त भएका बताइएको छ । यस विस्फोटबाट नयाँ वर्षका दिनमा दर्जनौको सङ्ख्यामा व्यक्तिहरु घरवारबिहीन भएका छन् ।  (रासस/एएफपी)

प्रतिक्रिया दिनुहोस