नेपाललाई स्वर्ण पदक दिलाएका महेश्वर महर्जनलाई भब्य स्वागत

सफल खबर संवाददाता

मंगलबार, १० पुस २०७५, २० : ३८
नेपाललाई स्वर्ण पदक दिलाएका महेश्वर महर्जनलाई भब्य स्वागत

काठमाडौं । हालै थाइल्याण्डमा सम्पन्न विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनशिपमा स्वर्णपदक  जितेका महेश्वर महर्जन मंगबलार स्वदेश फर्किएका छन् । महर्जनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकूद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना तथा नेपाल शारीरिक सुगठन तथा फिट्नेस सङ्घका पदाधिकारीले भव्य स्वागत गरेका हुन् ।
१२ खेलाडी सहभागी उक्त प्रतिस्पर्धामा भारतीय खेलाडी दोस्रो र सिंगापुरका खेलाडी तेस्रो भएका थिए ।
नेपाली खेलाडीले शारीरिक सुगठनमा विश्वस्तरमा स्वर्ण जितेको यो पहिलोपटक हो । महेश्वरले अन्तर्राष्ट्रियस्तरमा नेपाललाई स्वर्ण पदक दिलाएको भने दोस्रोपटक हो ।

नेपाल शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले स्वर्ण पदक विजेता महेश्वर महर्जनलाई तीन लाख पुरस्कार दिने भएका छन् । विश्व च्यापियनसिपको स्वर्ण पदक जिताउने खेलाडी महेश्वर महर्जनलाई श्रेष्ठले तीन लाख रुपैयाँ पुरस्कार घोषणा गरेका हुन् थाइल्यान्डको च्याङमाईमा सम्पन्न भएको १०औं विश्व शारिरिक सुगठन तथा फिजिक स्पोर्टस च्याम्पियनसिप अन्तर्गत ७५ केजी तौल समूहमा ३५ वर्षे महेश्वरले स्वर्ण पदक जितेका थिए ।

 

 

 

प्रतिक्रिया दिनुहोस