फोहोरको थुप्रोमै भेटियो ८ राउण्ड गोली

आइतबार, २३ पुस २०७४, १२ : ५९
फोहोरको थुप्रोमै भेटियो ८ राउण्ड गोली

काठमाडौं । काठमाडौं महानगरपालिका–२६ म्हैपी मार्गस्थित खाली जग्गामा रहेको फोहोरको थुप्रोमा गोली र खोका भटिएको छ ।
 
महानगरीय प्रहरी वृत सोह्रखुट्टेका डिएसपी दिपक पोखरेल का अनुसार शुक्रवार फोहोरको थुप्रोमा ८ राउण्ड गोली र ६ थान खोका फेला परेको हो ।  ‘गोली निकै पुरानो जस्तो देखिन्छ’ डिएसपी पोखरेलले भने, ‘गोली कसको हो भन्नबोरे हामी अनुसन्धान गरिरहेका छौं ।’

प्रतिक्रिया दिनुहोस