सप्तगण्डकी बहुमुखी क्याम्पसलाई क्युएए प्रमाणपत्र

शुक्रबार, २१ पुस २०७४, १३ : २९
सप्तगण्डकी बहुमुखी क्याम्पसलाई क्युएए प्रमाणपत्र

भरतपुर । शैक्षिक संस्थाको गुणस्तरियता मापन अन्तर्गत भरतपुरस्थित सप्तगण्डकी बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोगबाट क्युएए प्रमाणपत्र प्राप्त गरेको छ ।
क्याम्पसले पत्रकार सम्मेलनको आयोजना गरी क्युएए प्रमाणपत्र प्राप्तिबारे जानकारी गराएको हो । क्याम्पसद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख भए अनुसार सन् २०१३ को नोभेम्बर २३ तारिखमा गुणस्तर प्रत्याह्वन तथा प्रत्यायोजन (क्युएए) प्रमाणपत्र प्राप्त भएको हो । दुई वर्षको अथक प्रयासपछि क्याम्पसले क्युएए प्रमाणपत्र प्राप्त गर्न सफल भएको क्याम्पस संचालक समितिका अध्यक्ष टेकबहादुर थापाले बताउनु भयो ।
क्याम्पस प्रमुख खेमनारायण थापाले विश्वविद्यालय अनुदान आयोगले निश्चित गरेका आठ वटा मापदण्डका आधारमा प्राप्त क्युएए प्रमाणपत्रले क्याम्पसको गुणस्तरियतालाई प्रमाणिकरण गरेको र यो पाँच वर्षसम्म कायम रहने बताउनु भयो ।
२०४५ सालमा स्थापना भएको सप्तगण्डकी बहुमुखी क्याम्पसमा हाल तीन हजार पाँच सय ५० जना विद्यार्थी अध्ययनरत छन् । क्याम्पसका अनुसार, कक्षा ११ र १२ मा एक हजार ६ सय ८७, स्नातक तहमा एक हजार पाँच सय २८ र स्नातकोत्तर तहमा तीन सय ३५ जना विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहोस