समृद्ध नेपाल निर्माणमा राष्ट्रिय संकल्प आवश्यक छ : मन्त्री मगर

सफल खबर संवाददाता

शुक्रबार, ०७ मंसिर २०७५, १६ : १८
समृद्ध नेपाल निर्माणमा राष्ट्रिय संकल्प आवश्यक छ : मन्त्री मगर

दोलखा । खानेपानी मन्त्री बिना मगरले समृद्ध नेपाल निर्माणका लागि राष्ट्रिय संकल्प र एकरुपता अनिवार्य अावश्यकता भएको बताउनु भएको छ ।     
रिनेजम नेपालले दोलखाको चरिकोटमा अायोजना गरेको प्रथम प्रकाश स्मृति कप फुटबल प्रतियोगिता कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री मगरले समृद्ध नेपाल निर्माणमा युवाहरूको जस्तै दृढ संकल्प अात्म विश्वास र एकरुपकता सबैमा हुनुपर्ने बताउनु भएको हो । कार्यक्रममा उहाले सबै मिलेर मात्रै समृद्ध नेपालको सपना पूरा हुने बताउनु भयो ।

दोलखा जिल्लाको पर्यटकीय सम्भावनालाई प्रबर्द्धन गर्न अाफ्नो पुर्ण प्रतिबद्धता रहेको जनाउदै उहाले हिमालको काखमा रहेको चरिकोट स्थित फुटबल मैदानको बिकास गर्न अाफु लागि पर्ने धारणा राख्नुभभयो ।
त्यस्तै खानेपानीको सम्बन्धमा उहाले दोलखा जिल्लामा पर्ने तामाकोसीको पानी बैतेश्वर गाउपालिकामा अापुर्ति गर्ने ब्यवस्था मिलाउन डिपिअारका लागि बजेट छुट्टाउने बताउनुभयो । दोलखा जिल्लामा खानेपानीको समस्या समाधान गर्न केही योजना  ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


मंसिर १ गतेबाट सुरुभएको फुटबल प्रतियोगिता शुक्रबार सम्पन्न भएको थियोे । फाइनल प्रतियोगितामा प्लान्निङ ब्वाइज युनियन पेप्सिकोला, काठमाडौले दोलखा क्लबलाई हराएर जित हासिल गरेको छ । युनियनले २ गोल गरेको थियो भने दोलखाले १ गोल गर्न मात्र सफल रह्यो । 

प्रतिक्रिया दिनुहोस