मुख धेरै नचलाउनुस्,  सरकार त ठुला ठुला काममा लाग्ने हो : अर्थमन्त्री खतिवडा

सफल खबर संवाददाता

शुक्रबार, ०७ मंसिर २०७५, १३ : १४
मुख धेरै नचलाउनुस्,  सरकार त ठुला ठुला काममा लाग्ने हो : अर्थमन्त्री खतिवडा

काठमाडौं । अर्थमन्त्री डा. यूवराज खतिवडाले  स्थानीय तहका जनप्रतिनिधीहरुलाई दिमाग  चलाएर विकास गर्न आदेश दिएका छन् । 

आजबाट काठमाडौँमा सुरु भएको सहकारी क्षेत्रको प्रवद्धर्नमा प्रदेश तथा स्थानीय तहको भुमिका विषयक दुई दिने प्रादेशिक गोष्ठीमा बोल्दैउनले भने, ‘हात मात्र चलाएर हुदैन दिमाग पनि चलाउनुस् । मुख धेरै नचलाउनुस् नीजि र सहकारी क्षेत्रलाई सही परिचालन गरेर विकासमा  लाग्नुस् ।’ स्थानीय तहले दुईवटा हात चलाएर अर्थात् सहकारी र नीजि क्षेत्रलाई प्रयोग गरेर विकास गर्नु पर्नेमा उनले जोड दिएका हुन् । 

खतिवडाले भने ‘स्थानीय तहले सहकारीलाई पूर्वाधार बनाइदिने र सहकारीका उत्पादनलाई बजारीकरणमा सहज बनाइदिने हो भने सहकारीमार्फत पनि विकास गर्न सकिन्छ ।’

उनले सरकार सहकारी र नीजि क्षेत्रले सहकार्य गरेर अघि बढ्नुपर्ने बताउँदै एक आपसमा प्रतिस्पर्धा होइन सहकार्य गर्न  आग्रह गरे । 

सहकारी पुग्न नसकेको स्थानमा बाटो देखाइदिने काम सरकारको हो, बाँकी काम सहकारीले गर्नुपर्छ । सरकार त ठुला ठुला काममा लाग्ने हो,’ अर्थमन्त्री डा. खतिवडाले भने । 

प्रतिक्रिया दिनुहोस