दुई घाइते जरायोलाई उद्धार गरेर छाडियो वनैमा

बुधबार, १९ पुस २०७४, १९ : ०३
दुई घाइते जरायोलाई उद्धार गरेर छाडियो वनैमा

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १२ बाट बुधबार दुई वटा घाइते जरायोको उद्धार गरिएको छ । जिल्ला वन कार्यालय चितवनका अनुसार बुधबार बिहान र दिउँसो गरी दुई वटा जरायोको उद्धार गरिएको हो । 
सिङबाट आलो रगत बगिरहेको अवस्थामा भटिएका ती जरायोलाई सामान्य उपचारपछि वनमा छाडिएको वन कार्यालयले जनाएको छ । नजिकै रहेको टिकौली जंगलबाट आएका ती जरायोहरुलाई स्थानीयले समातेर वन कार्यालयलाई खबर गरेका थिए । घाइते जरायोको खुट्टा र सिङमा चोट लागेको छ । नजिकैको जंगलबाट भागेर आउने क्रममा थाकेर भरतपुर १२ सहयोगी टोलमा रहेको विष्णु थापाको घरमा पसेर जरायो लडेको थियो ।
जिल्ला वन कार्यालयबाट खटिएको टोलीले घाइते जरायोको उपचारका लागि कार्यालय पु¥याएका थिए । वन कार्यालयको टोलीले आवश्यक उपचारपछि दुबै जरायोलाई जंगलमा छाडेको हो । जंगलबाट निस्किएका घाइते जरायोलाई कुकुरले लखेट्दा भाग्ने क्रममा घरभित्र छिरेको स्थानीयवासी यज्ञ सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस