सोनाम ल्होछार माघ ४ मा होइन, फागुन ४ मा हो : तामाङ घेदुङ

बुधबार, १९ पुस २०७४, १३ : ५७
सोनाम ल्होछार माघ ४ मा होइन, फागुन ४ मा हो : तामाङ घेदुङ

काठमाडौं । तामाङ समुदायको नयाँ वर्ष अर्थात सोनाम ल्होछारको मिति गलत भएको नेपाल तामाङ घेदुङले जनाएको छ ।

तामाङ नयाँ  वर्ष अर्थात् सोनाम ल्होछार माघ ४ गते पर्ने ज्योतिष पात्रोमा देखाइएको छ । ज्योतिष पात्रो अनुसार ल्होछार माघ ४ मा  भनिएपनि मन्जुश्री पात्रो अनुसार फागुन ४ मा परेको नेपाल तामाङ घेदुङले पत्रकार सम्मेलनमार्फत जानकारी दियो ।

खेन्पो लामा सोनाम ग्युर्मे तामाङले  परम्परा र पात्रोसंग सम्बन्धित विषयमा अध्ययन तथा खोज नगरी हचुवाको भरमा मिति तोकिएको आरोप लगाए ।

ल्होसार फागुन ४ गते  नै पर्ने  भएको हुँदा क्यालेण्डरमा रहेको माघ ४ को विदा सच्याउन घेदुङले सरकारसंग माग गरिसकेको अध्यक्ष मोहन गोले तामाङले बताए ।

ल्होछार मुल समारोह समितिले ‘सोनाम ल्होछारको प्रवद्र्धन, हाम्रो सांस्कृतिक अभियान, ताम्सालिङ प्रदेशको स्थापना राष्ट्रको साझा पहिचान’ भन्ने मुल नाराका साथ फागुन ३,४ र ५ गने काठमाडौंमा  भब्य रुपमा  पर्व  मनाउने तयारी भइरहेको जनाएको  छ  ।

प्रतिक्रिया दिनुहोस