पाकिस्तान र अफगानिस्तानमा ठूलठूला असिनाले विध्वंश

एजेन्सी

विहीबार, ०४ बैशाख २०८२, ०८ : ५८
पाकिस्तान र अफगानिस्तानमा ठूलठूला असिनाले विध्वंश

एजेन्सी । बुधबार अचानक परेका ठूलठूला असिनाले पाकिस्तानको राजधानी इस्लामाबाद र अफगानिस्तानको सीमावर्ती खैबर पख्तुनख्वा प्रान्तमा विनाश मच्चाएको छ।

असिनाले सयौँ सवारीसाधन र घरका झ्यालका सिसा फुटेका छन्। बीबीसी उर्दुका अनुसार इस्लामाबादका बासिन्दाले जीवनमा यति ठूला असिना पहिलोपटक देखेको बताएका छन्।

खैबर पख्तुनख्वा क्षेत्रमा पनि असिना परेको थियो र भारी वर्षाका कारण लन्डी कोटल डुबानमा परेको छ। जसका कारण धेरै सवारीसाधन पानीमा बगेका थिए।

असिनापानीका कारण धेरै कारका सिसा फुटेका भिडिओ र तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्।

प्रतिक्रिया दिनुहोस