एजेन्सी । इटालियन क्लब इन्टर मिलान युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेका छ।
बुधबार सानसिरोको घरेलु रङ्गशालामा भएको खेलमा वायरन म्युनिखसँग २-२ गोलको बराबरी गरे पछि इन्टर सेमिफाइनलमा प्रवेश गरेको हो। पहिलो लेगमा इन्टर २-१ ले विजयी भएको थियो।
पहिलो हाफ बराबरीमा सकिएको खेलको ५२ औँ मिनेटमा हेरी केनले वायरनलाई अग्रता दिलाएका थिए। त्यसको ६ मिनेटपछि नै इन्टरका लागि लाउटारो मार्टिनेजले गोल गरे।
लगत्तै बेन्जामिन पाभार्डले हेड गोल गरे। ७६ औँ मिनेटमा म्युनिखका एरिक डेयरले साँघुरो कोणबाट हेड गोल गरे पनि यसले म्युनिखलाई अर्को चरणमा लैजान भने सकेन।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ बैशाख २०८२, ०८ : ४७
लेखकबाट थप