सौगात पौडेल नेविसंघको केन्द्रीय सदस्यमा मनोनीत

सफल खबर संवाददाता

शुक्रबार, २९ चैत्र २०८१, १३ : २०
सौगात पौडेल नेविसंघको केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौँ । पर्वत फलेवास नगरपालिकाका सौगात पौडेल नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्यमा मनोनीत भएका छन् । अध्यक्ष दुर्जाङ शेर्पाले उनलाई बिहीबार मनोनयनको पत्र प्रदान गरेका छन् ।

नेविसंघको विधि, विधान र मर्यादामा रहेर संघलाई गतिशील बनाउने र मनोनयनले संघलाई उचाइमा पुर्‍याउने विश्वाससहित दुजाङले पौडेललाई शुभकामना दिएका छन् ।

प्रतिक्रिया दिनुहोस