काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगार ऐन र श्रम ऐन संशोधन गर्ने तयारीमा रहेको बताएका छन् । शुक्रवार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३० र ३१औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन् ।
सरकारले वैदेशिक रोजगार ऐन श्रम ऐनलाई समय सापेक्ष बनाउनका लागि सरोकारवालाहरूसँग सल्लाह सुझाव माग गरेको पनि उनले जानकारी दिए । कानुनहरूलाई समसामयिक बनाउन र श्रमिकले पाउने अधिकारको ग्यारेन्टी गर्नको लागि सरकार र निजी क्षेत्रबिच समन्वय हुन आवश्यक रहेको उनको भनाइ छ ।
घरेलु कामदारको रूपमा वैदेशिक रोजगारमा जान निषेध गर्ने निर्णय समेत खारेज गरिसकेको उनले बताए । वैदेशिक रोजगारलाई मर्यादित र व्यवस्थित बनाउन सरकार लागिपरेको उनको दाबी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ चैत्र २०८१, १२ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशमा केही हुन सक्दैन भन्ने भाष्य अब भाषण गरेर मात्र चिर्न सकिँदैन : मन्त्री भण्डारी
काम नगरेकालाई कारबाही गर्दा नाराजुलुस गर्दै हिँडे : मन्त्री भण्डारी