पहिलो पटक भियतनाम, मलेसिया , कम्बोडियाको भ्रमणमा जाँदैछन् सी जिनपिङ

सफल खबर संवाददाता

शुक्रबार, २९ चैत्र २०८१, १० : ५४
पहिलो पटक भियतनाम, मलेसिया , कम्बोडियाको भ्रमणमा जाँदैछन् सी जिनपिङ

बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले अर्को हप्ता दक्षिणपर्वी एसियाको भ्रमणमा जाँदैछन् । चीन र अमेरिकाबिच ट्यारिफ युद्ध भड्किरहेको समयमा सीको यो भ्रमण हुन लागेको हो ।

चिनियाँ पत्रिका ग्लोबल टाइम्सका अनुसार राष्ट्रपति सीले अपिल १४ देखि १८ सम्म भियतनाम, मलेसिया र कम्बोडियाको राजकीय भ्रमण गर्नेछन् । उनको यो भमण १४ अपिलमा भियतनामबाट सुरु हुनेछ ।

त्यसपछि उनी मलेसिया र कम्बोडिया जानेछन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भियतनाम, मलेशिया र कम्बोडियाबाट आउने सामानमा क्रमशः ४६ प्रतिशत, २४ प्रतिशत र ४९ प्रतिशत अतिरिक्त भन्सार महसुल लगाउने घोषणा गरेका थिए ।

तर अहिलेका लागि यो करलाई ९० दिनसम्मका लागि स्थगित गरिएको छ । यस अवधिमा यी सबै देशबाट आयात गरिने सामानमा १० प्रतिशतको न्यूनतम भन्सार महसुल चाँहि लाग्नेछ ।

यसैबिच अमेरिकाले चीनबाट आउने सामानमा अतिरिक्त भन्सार महसुल बढाएर १४५ प्रतिशतमा पुर्‍याएको छ । उता, चीनले पनि अमेरिकाबाट आउने सामानमा ८५ प्रतिशत महसुल लगाएको छ । अमेरिकाको जबरजस्ती सामु झुक्नुको सट्टा अन्तसम्म लडन छाहने चीनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस