काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञापन बोर्डको अध्यक्ष पदका लागि आवेदन आह्वान गरेको छ ।
आज एक सूचना प्रकाशित गर्दै मन्त्रालयले योग्यता पुगेका नेपाली नागरिकले दरखास्त दिन सक्ने जानकारी दिएको हो ।
आवेदन दरखास्त पेस गर्ने अन्तिम दिनसम्म उमेर ३५ वर्ष पूरा भएको, आमसञ्चार, कानुन, विज्ञापन वा व्यवस्थापन विषयमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक उपाधि हासिल गरेको र सो क्षेत्रमा कम्तीमा दस वर्षको अनुभव प्राप्त गरेको हुनुपर्ने सूचनामा उल्लेख छ ।
योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजातसहित मन्त्रालयमा दरखास्त पेस गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ बैशाख २०८२, ०८ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दरखास्त नै पर्दैन विज्ञापनमा
त्रिविमा प्राध्यापक पदपूर्तिको विज्ञापन खारेज गर्न माग