काठमाडौं । गणतन्त्रवादी र राजतन्त्र पक्षधरबीच हुने प्रदर्शनमा घुसपैठ हुने सम्भावना बढेको भन्दै सरकारले सुरक्षा निकायलाई हाइ अलर्टमा राखेको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरूले गणतन्त्रको पक्ष र पूर्वपञ्चहरूको पार्टी तथा विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहितको टोलीले राजतन्त्र पुनःस्थापनाका लागि भोलि शुक्रवार राजधानीमा गर्ने प्रदर्शनलाई मध्यनजर राख्दै सरकारले उच्च सुरक्षा सतर्कता अपनाउन सुरक्षा निकायलाई निर्देशन दिएको छ ।
सरकारले गणतन्त्र पक्षधर माओवादीसहितको विपक्षी मोर्चा र पूर्वपञ्चहरूको पार्टीबाट सुरक्षा थ्रेड नभए पनि विवादास्पद मेडिकल व्यवसायी प्रसाईंले अहिलेको अवस्थालाई उत्तेजित बनाउन आफ्ना कार्यकर्ता तथा समर्थकलाई शुक्रवारको प्रदर्शनमा हतियारसहित उपस्थित हुन निर्देशन दिएकाले सुरक्षा अवस्था तयारी अवस्थामा राख्न निर्देशन दिएको बताइएको छ । नेपाल समाचारपत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ चैत्र २०८१, ०८ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
श्रम शोषण भएको भन्दै आवासीय डाक्टरहरूको प्रदर्शन जारी
काठमाडौंमा सहकारी र लघुवित्त पीडितहरुको प्रदर्शन
कुलमानको पुनर्बहाली माग राखेर माइतीघरमा प्रदर्शन (तस्वीरहरू)
राप्रपाको प्रदर्शनमा संयुक्त आन्दोलन समिति राष्ट्रिय झन्डासहित सहभागी हुने
राजावादीको प्रदर्शनमा करिब पाँच करोडको क्षति, सम्पत्ति बिमामा तीन करोड दाबी
पत्रकार हत्या र सञ्चारमाध्यम माथिको आक्रमणविरुद्ध चितवनमा शान्तिपूर्ण विरोध प्रदर्शन