राजावादीको प्रदर्शनमा करिब पाँच करोडको क्षति, सम्पत्ति बिमामा तीन करोड दाबी

सफल खबर संवाददाता

आइतबार, २४ चैत्र २०८१, १० : २२
राजावादीको प्रदर्शनमा करिब पाँच करोडको क्षति, सम्पत्ति बिमामा तीन करोड दाबी

काठमाडौं । राजावादी समूहले चैत १५ गते गरेको प्रदर्शनमा करिब पाँच करोड रुपैयाँको क्षति भएको भन्दै ११ बिमा कम्पनीमा बिमा दाबी परेको छ । नेपाल बिमा प्राधिकरणका अनुसार, चैत २० गतेसम्म ११ बिमा कम्पनीमा चार करोड ८७ लाख ६८ हजार २० रुपैयाँ बिमा दाबी परेको हो ।

जसमध्ये सबैभन्दा बढी सम्पत्ति बिमामा तीन करोड ११ लाख ६६ हजार २१३ रुपैयाँ दाबी परेको प्राधिकरणले जनाएको छ । निजी मोटर बिमाअन्तर्गत एक करोड २९ लाख ६७७, इन्जिनियरिङ तथा ठेकेदार जोखिम बिमाअन्तर्गत ३७ लाख रुपैयाँ र विविध बिमाअन्तर्गत एक करोड १० लाख रुपैयाँ दाबी परेको छ । सबैभन्दा बढी राष्ट्रिय बिमा कम्पनीमा एक करोड २७ लाख रुपैयाँको दाबी परेको छ ।

त्यसैगरी सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा एक करोड १७ लाख ५० हजार रुपैयाँको दाबी परेको छ । शिखर इन्स्योरेन्समा १३ लाख २५ हजार रुपैयाँको दाबी परेकोमा ४५ हजार रुपैयाँ भुक्तानी गरिसकेको छ ।

शिखर इन्स्योरेन्स कम्पनीले मोटर बिमाअन्तर्गत ४३ हजार ८८२ रुपैयाँ भुक्तानी गरेको छ । यो कम्पनीले विविध बिमाअन्तर्गत एक हजार १३० रुपैयाँ भुक्तानी गरेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस