काठमाडौँ । विपक्षी दलहरूले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउनु पर्नाको कारण सरकारले दिनु पर्ने माग गर्दै प्रतिनिधिसभाको दोस्रो बैठक पनि अवरोध गरेका छन् । पहिलो बैठकमा पनि सभामुख देवराज घिमिरेले सदन सुरु गर्ने वित्तिकै विपक्षी दलहरू उठेर अवरोध गरेका थिए ।
सभामुख घिमिरेले पटक–पटक आग्रह गर्दा पनि विपक्षी दलका सांसदहरू बसेनन् । त्यसपछि सभामुख घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए ।
विपक्षी दलहरूको तर्फबाट माओवादी सांसद शक्ति बस्नेतले घिसिङलाई हटाउनाको कारण प्रधानमन्त्रीले संसद्मा नदिँदासम्म बैठक सञ्चालन हुन नसक्ने बताएका थिए । दोस्रो बैठकमा विपक्षी दलले अवरोध गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ चैत्र २०८१, १५ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा बैठक दोस्रोपटक सूचना टाँस गरेर स्थगित
प्रतिनिधिसभा बैठकको सुरुमै अवरोध
प्रतिनिधिसभा बैठक सुरु
संसद् बैठकको समय सर्यो
आइतबार प्रतिनिधिसभा बैठक बस्ने, यस्ता छन् कार्यसूची
प्रतिनिधिसभा बैठक २ बजेलाई सर्यो