पर्सा । वीरगञ्ज महानगरले चालु आर्थिक वर्षको आठ महिनामा रु ३३ करोड ५६लाख ८७ हजार सात सय ७८ राजस्व सङ्कलन गरेको छ ।
महानगरले गत आवको सोही अवधिको तुलनामा रु ३६ लाख ४१ हजार १६१ बढी राजस्व सङ्कलन गरेको हो ।
वीरगञ्ज महानगरपालिका राजस्व महाशाखा प्रमुख मनोज कर्णले चालु आवको आठ महिनामा वार्षिक लक्ष्यको ४० प्रतिशतको हाराहारीमा राजस्व सङ्कलन भएको जानकारी दिए ।
महानगरले सम्पत्ति करबापत रु १२ करोड ११ लाख ९७ हजार र पूर्वाधार सेवाको कर उपभोगमा लाग्ने करबापत रु एक करोड ६८ लाख सङ्कलन गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ चैत्र २०८१, ०८ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगरका कर्मचारीले पाए तलब, १ अर्ब १३ करोड निकासा
पूर्वराजा ज्ञानेन्द्रलाई महानगरले हुलाकबाट पठायो जरिवानाको पत्र
भरतपुर महानगर लगातार तीन वर्ष उत्कृष्ट
सरकारी स्वामित्वमा रहेका संस्थालाई कर तिर्न काठमाडौँ महानगरको पत्राचार
काठमाडौं महानगरले आज ३०औँ महानगर दिवस मनाउँदै
मारवाडी सेवा समिति र महानगरबिचको वार्ता निष्कर्षविहीन