मारवाडी सेवा समिति र महानगरबिचको वार्ता निष्कर्षविहीन

सफल खबर संवाददाता

बुधबार, २३ असोज २०८१, १४ : ४०
मारवाडी सेवा समिति र महानगरबिचको वार्ता निष्कर्षविहीन

काठमाडौँ । मारवाडी सेवा समितिले गौशाला धर्मशाला नछाड्ने अडान लिएको छ । काठमाडौँ महानगरपालिकाले धर्मशाला खाली गर्न भने पनि समितिले आफूहरू मोही भएको जिकिर गर्दै खाली नगर्ने अडान लिएका हुन् । 

समितिले औपचारिक पत्र प्राप्त नभए नहट्ने स्पष्ट पारेको छ । बुधबार महानगरपालिका गौशाला खाली गर्न पुगेसँगै समितिका सदस्यहरू विरोध प्रदर्शनमा उत्रिएका थिए । सो क्रममा दुई पक्षीय वार्ता भएपनि समिति र महानगर आ–आफ्नै अडानमा अडिग भएसँगै कुनै सहमति जुट्न सकेन । 

पशुपति क्षेत्र विकास कोष र महानगरपालिकाबिच मंगलबार गौशाला धर्मशाला महानगरले व्यवस्थापन गर्नेसम्बन्धी सहमति भएको थियो । यससँगै महानगरपालिकाले व्यवस्थित रूपमा धर्मशाला सञ्चालन गर्ने बताएको छ । 

प्रतिक्रिया दिनुहोस