स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा थापा, लिए पद तथा गोपनीयताको शपथ

सफल खबर संवाददाता

मंगलबार, १२ चैत्र २०८१, १५ : २८
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा थापा, लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं। स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा क्षेत्री नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मंगलबार मन्त्रालयमा नियुक्त भएका प्युठानका थापालाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

थापाको नियुक्तिपछि बोर्डले गति लिने मन्त्री पौडेलको विश्वास छ ।'तपाईंको नेतृत्वमा स्वास्थ्य बीमामा सुधार ल्याएर आम नागरिकको पहुँच बढाउने हाम्रो लक्ष्य प्राप्ति हुने विश्वास लिएको छु,' मन्त्री पौडेलले भने ।बोर्डको निर्देशकमा अर्थशास्त्री डा. रघुराज काफ्ले नियुक्त भइसकेका छन् ।

 

 

 

 

 

 

 

 

 

मन्त्री पौडेलले स्वास्थ्य बीमाको सुधार र स्वास्थ्य बीमा कोष बलियो पार्दै यसको दिगोपनामा प्राथमिकता रहेको बताउँदै आएका छन् ।हालै मात्र उनले स्रोत थप गर्न सकिने विकल्पहरू प्रस्तुत गर्दै यसमा सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरिएको बताएका छन् ।

बोर्डका कार्यलाई प्रभावकारी बनाउन आवश्यक नीतिगत व्यवस्था गर्नका लागि मन्त्रालय प्रतिबद्ध रहेको मन्त्री पौडेलले सो अवसरमा बताए । यसअघि बोर्डको सदस्य बनेर काम गरिसकेका थापाले स्नातकोत्तर गरेका छन् । 

प्रतिक्रिया दिनुहोस