कुलमानलाई हटाएको विरोधमा काठमाडौँमा ऊर्जामन्त्रीको पुत्ला दहन

सफल खबर संवाददाता

मंगलबार, १२ चैत्र २०८१, १० : २८
कुलमानलाई हटाएको विरोधमा काठमाडौँमा ऊर्जामन्त्रीको पुत्ला दहन

File Photo

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले पदमुक्त गरेको विरोधमा विद्यार्थीहरूले काठमाडौँमा प्रदर्शन गरेका छन्। 

मंगलबार बिहान नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूले विश्वभाषा क्याम्पस प्रदर्शनीमार्गमा विरोध प्रदर्शनसहित ऊर्जामन्त्री दिपक खड्काको पुत्ला दहन गरेको हो। 

सोमबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेको थियो। सरकारको यो निर्णयको अहिले चौतर्फी विरोध भइरहेको छ।