काठमाडौँ । गएको एक महिनामा देशका विभिन्न क्षेत्रमा लागेको आगलागीबाट ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक पुरुष, चार महिला र एक बालक रहेका छन् भने आगलागीका कारण ३० पुरुष, २६ महिला, ६ बालक र तीन बालिका घाइते भएका छन् ।
एक महिनामा देशभर ५०१ आगलागीका घटना भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए । आगलागीबाट ८७ घर र ५७ गोठमा क्षति भएको छ ।
आगलागीबाट १४६ पशुचौपाय मरेका छन् भने घटनापछि ३८ परिवार विस्थापित भएका छन् । आगलागीबाट ४० करोड ४८ लाख बराबरको क्षति भएको छ । विभिन्न स्थानमा लागेको आगलागी नियन्त्रणका लागि तीन हजार ६१४ प्रहरी परिचालन गरिएको उनले जानकारी दिए ।
सबैभन्दा बढी कोशी प्रदेशमा १३५, मधेस प्रदेशमा १०५, बाग्मती प्रदेशमा ४४, काठमाडौँ उपत्यकामा ४९, गण्डकी प्रदेशमा ३३, लुम्बिनीमा ६४, कर्णालीमा ३० र सुदूरपश्चिम प्रदेशमा ४१ आगलागीका घटना भएको प्रवक्ता आचार्यले जानकारी दिए ।
वर्षा कम भएको र सुक्खा मौसमका कारण आगलागीका घटना अझै बढ्नसक्ने भएकाले सचेत हुन गृहमन्त्रालयले अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ चैत्र २०८१, १५ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काभ्रेको रोशीमा आगलागी, २ बालबालिका घाइते
आगलागीबाट १० घर जले, ६० लाख बराबरको क्षति
ढल्केबर सबस्टेसनमा एकैदिन दुई पटक आगलागी, अनुसन्धान गर्दै प्राधिकरण
अछाम आगलागी अपडेट : २७ घर नष्ट, सात करोड बढीको क्षति
अछामको जयगढ बजारमा भीषण आगलागी
विराटनगरस्थित नोबेल टिचिङ अस्पतालको ल्याबमा आगलागी