जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह र भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच भेट भएको छ । बिहीबार कपिलवस्तुको बलरामपुरस्थित भगवती मठेश्वर मन्दिरको दर्शनका लागि पुगेका मुख्यमन्त्री सिंह सोही मन्दिर दर्शन गर्न आएका मुख्यमन्त्री योगीसँग भेट हुन पुगेको हो ।
भेट अनौपचारिक भएता पनि मुख्यमन्त्री सिंहले जनकपुरधामसँगै मधेश प्रदेशको धार्मिक, सांस्कृतिक र पर्यटकीय विकासको बृहत् सम्भावनाका विषयमा कुराकानी भएको जनाइएको छ ।
त्यस्तै, रामायण सर्किट र सीता सर्किट विकास, अयोध्यामा रामलला दर्शन गर्न पुग्ने असङ्ख्य पर्यटकका लागि जनकपुरधाम अनिवार्य गन्तव्य बन्नुपर्ने र मधेश प्रदेशको धार्मिक पर्यटन प्रवर्द्धनका लागि उत्तर प्रदेश सरकारको सहयोग आदि विषयमा छलफल भएको मुख्यमन्त्री सिंहले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ चैत्र २०८१, ११ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नियम विपरीत सञ्चालन भएका १० निजी अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन
निजी अस्पतालमा मुख्यमन्त्री सिंहको अनुगमन, चार अस्पताल बन्द
मुख्यमन्त्री सिंह र स्विस नियोगका अधिकारीबीच भेट