बुटवल। १२ लाख रुपैयाँसहित पश्चिम नवलपरासीबाट दुई जना पक्राउ परेका छन् ।दुई वटा भारतीय मोटरसाइकलमा आउँदै गरेका उनीहरूको साथबाट ६/६ लाख नेपाली रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी इन्स्पेक्टर नारायण थापाले जानकारी दिए ।
इन्स्पेक्टर थापाका अनुसार मोटरसाइकलमा सवार उनीहरूले हुन्डी कारोबारको रकम ल्याएको सूचना पाएपछि सदरमुकाम परासीको बाइपास रोडबाट उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा नवलपरासी पाल्हीनन्दन गाउँपालिका– २ भक्सिपुरका सुखसागर यादव र प्रतापपुर गाउँपालिका–८ पिपरपातिका शिवेन्द्रप्रसाद बनिया रहेका छन् । यादवको साथबाट ५ सयका १२ सय थान नेपाली नोट गरी ६ लाख र बनियाको साथबाट ५ सयका नेपाली नोट २ सय र १ हजारका ५ सय थान नेपाली नोट बरामद भएको हो।
नगद बरामद भएपछि सोधपुछ गर्दा स्रोत खुलाउन नसकेका कारण उनीहरूमाथि हुन्डी कारोबारसम्बन्धी कसुरमा मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।
हुन्डी कारोबार ठहर भएमा बिगो र सोबाट बढे वा बढाएको सम्पत्तिसमेत जफत गरी एक वर्षसम्म कैद हुने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ चैत्र २०८१, १२ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
गोली प्रहार घटनामा संलग्न ३ जना पक्राउ
सलमान खानलाई धम्की दिने व्यक्ति पक्राउ
झन्डै सात किलो गाँजासहित विमानस्थलबाट एक जना पक्राउ
सुनसरी गोली प्रकरण : २ आरोपित पक्राउ
किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ