यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

बुधबार, ०६ चैत्र २०८१, ०८ : ०१
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

राष्ट्र बैङ्कका अनुसार आज पनि अमेरिकी डलर र युरोपियन युरोको भाउ केही घटबढ भएको छ । आज खरिद दर घट्दा बिक्री दर बढेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ २२ पैसा र बिक्रीदर १३९ रूपैयाँ ८२ पैसा कायम भएको छ । मंगलबार एकको खरिदर १३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १३९ रुपैयाँ १९ पैसा थियो ।

आज युरोपियन युरो एकको खरिददर १५१ रूपैयाँ १२ पैसा र बिक्रीदर १५१ रूपैयाँ ७८ पैसा कायम भएको छ । मंगलबार युरो एकको खरिदर १५१ रुपैयाँ १२ नै थियो भने बिक्रीदर १५१ रुपैयाँ ६६ पैसा थियो । युरोको खरिद दर स्थिर हुँदा बिक्री दर केही बढेको छ ।

प्रतिक्रिया दिनुहोस