काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का चारवटा जवस मोर्चाको संयुक्त बैठक बसेको छ । मंगलबार सल्लाहकार, ज्येष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय आयोग र विभागका प्रमुख तथा उपप्रमुखहरूको संयुक्त बैठक सम्पन्न भएको उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिएका हुन् ।
नेता ज्वालाका अनुसार बैठकले चैत १० गतेभित्र पार्टीका सल्लाहकार, केन्द्रीय आयोग र विभागहरूको बैठक सम्पन्न गर्ने निर्णय गरेको छ । त्यस्तै संयुक्त बैठकले समाजवादी मोर्चाले आयोजना गरेको (चैत १५ गते) को वृहत् जनप्रदर्शन र सभालाई भव्य रूपमा सम्पन्न गर्न आयोग र विभागहरूले व्यापक तयारी गर्ने निर्णय गरेको छ ।
चार दलीय मोर्चाले चैत १५ गते काठमाडौँमा जनप्रदर्शन गर्ने यसअघि नै निर्णय गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ चैत्र २०८१, १५ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै, यस्ता छन् एजेन्डा
सत्ताको नालायकीले सडकमा पपुलिस्ट र आराजकतावादी बढ्दै गए : एकीकृत समाजवादी
नेकपा एकीकृत समाजवादीले भोलि आन्दोलन घोषणा गर्ने
आलोकनगरमा एकीकृत समाजवादीको सचिवालय बैठक
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि
नेकपा एसमा १३ बुँदे आचारसंहिता- महिलाप्रति एकनिष्ठताको व्यवहार (पूर्णपाठ)