पोखरामा सिचुआनले थाल्यो नियमित चार्टर उडान

सफल खबर संवाददाता

मंगलबार, ०५ चैत्र २०८१, १२ : ३४
पोखरामा सिचुआनले थाल्यो नियमित चार्टर उडान

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ वायुसेवा कम्पनी सिचुआन एयरलाइन्सले नियमित चार्टर उडान थालेको छ । पहिलो उडानको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

नेपालस्थित चिनियाँ दूतावासका अनुसार छेन्दुबाट आएको यो जहाजबाट १ सय २८ यात्रु पोखरा ओर्लिएका छन् । पोखराबाट १ सय २० यात्रु सोही उडानबाट छेन्दु जानेछन् ।

पोखरामा यसअघि प्रवद्र्धनात्मक चार्टर उडान भए पनि नियमित उडान सुरु हुन सकेको थिएन । अब सिचुआनले नियमित चार्टर उडान गर्ने भएको छ ।

यसले पोखरा घुमफिरमा आउन चाहने चिनियाँ पर्यटकले अब काठमाडौं ओर्लनुपर्ने बाध्यता हट्ने छ ।

प्रतिक्रिया दिनुहोस