एनसेल नेपाल सुपर लिगको खेल तालिका सार्वजनिक, पहिलो खेलमा काठमाडौं र ललितपुर भिड्ने

सफल खबर संवाददाता

आइतबार, ०३ चैत्र २०८१, १५ : ५४
एनसेल नेपाल सुपर लिगको खेल तालिका सार्वजनिक, पहिलो खेलमा काठमाडौं र ललितपुर भिड्ने

काठमाडौं। प्रतीक्षित एनसेल नेपाल सुपर लिग (एनएसएल) २०२५ को खेल तालिका सार्वजनिक भएको छ । यही चैत १६ देखि शुरू हुने प्रतियोगिता आउँदो वैशाख १३ गतेसम्मत चल्नेछ। एनसेल शीर्ष प्रायोजक रहेको यस सिजनमा ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, झापा एफसी र  चितवन गरी नेपालका सात उत्कृष्ट टोलीहरू उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

एनसेल  एनएसएल २०२५ को पहिलो खेल सिजन १ को विजेता काठमाडौं रेजर्स एफसी र सिजन २ को विजेता ललितपुर सिटी एफसीबीचको भ्याली डर्बी रहनेछ। यो बहुप्रतीक्षित खेलले फुटबलप्रेमीहरूलाई रोमाञ्चित बनाउनेछ । यो भिडन्तले थप उत्साह र प्रतिस्पर्धात्मक भावना सिर्जना गर्नेछ र सिजनभर नै यो उत्साहलाई कायम राख्नेछ । 

नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टद्वा आयोजित र अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा सञ्चालित एनसेल एनएसएल नेपालको प्रमुख व्यावसायिक फुटबल लिग बनिसकेको छ। 

यो लिगले नेपाली फुटबलको स्तर उकास्ने, नयाँ प्रतिभा निखार्ने र दर्शकहरूलाई अविस्मरणीय क्षण प्रदान गर्ने कार्यमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको आयोजकले जनाएको छ । 

एनसेल, नेपालभर मोबाइल सञ्चार तथा डिजिटल समाधान प्रदान गर्ने अग्रणी दूरसञ्चार कम्पनी हो। नेपाल सुपर लिग (एनएसल) को मुख्य  प्रायोजकको रूपमा एनसेल नेपाली फुटबलको प्रवर्द्धनमा समर्पित  भन्ने देखाएको कम्पनीले जनाएको छ ।

एनएसएलले उदीयमान तथा अनुभवी खेलाडीहरूलाई आफ्नो क्षमता देखाउने अवसर प्रदान गर्ने एनसेलले जनाएको छ ।नेपालको प्रमुख व्यावसायिक फुटबल लिग एनसेल एनएसएल विभिन्न क्लबका उत्कृष्ट खेलाडीहरूलाई एक मञ्चमा ल्याउने गुणस्तरीय प्रतियोगिता हो।

 प्रत्येक सिजनले नेपाली फुटबललाई थप उचाइमा पुर्‍याउँदै यस खेलप्रति झनै गहिरो सम्बन्ध निर्माण गर्न यस प्रतियोगिताले मद्दत गरिरहेको छ।

 

 

प्रतिक्रिया दिनुहोस