माओवादी सांसदको दाबी– सर्वोच्चले प्रधानमन्त्रीको गैरकानूनी नियुक्ति खारेज गर्छ

सफल खबर संवाददाता

मंगलबार, १५ साउन २०८१, १५ : ३१
माओवादी सांसदको दाबी– सर्वोच्चले प्रधानमन्त्रीको गैरकानूनी नियुक्ति खारेज गर्छ

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले संविधानको धारा ७६ (२) अनुसार केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा गरिएको नियुक्ति सर्वोच्च अदालतले खारेज गर्ने जिकिर गरेका छन् ।

मंगलवार प्रतिनिधिसभा बैठकको शून्य समयमा दाहालले सर्वोच्चले साउन ३० गते संविधानसम्मत नयाँ प्रधानमन्त्री नियुक्तिका लागि आदेश दिने विश्वास व्यक्त गरे ।

 

 

‘अस्वाभाविक, अपवित्र र बदनीयतपूर्ण गठबन्धनको जगमा निर्माण भएको सरकारका सम्माननीय प्रधानमन्त्रीले संख्यात्मक रूपले विश्वासको मत लिनु भएको छ ।

राष्ट्रपतिले गैरकानूनी ढंगले प्रधानमन्त्री नियुक्त गर्नुभएको छ, त्यसविरुद्ध सर्वोच्चमा रिट परेको छ,’ उनले भने, ‘साउन ३० गते संवैधानिक इजलासमा पेशी छ, सर्वोच्चले गैरकानूनी नियुक्ति प्रक्रिया खारेज गर्नेछ र संविधानसम्मत नियुक्तिका लागि आदेश दिनेछ ।

संविधानको धारा ७६ (२) अनुसार नेकपा (एमाले)का अध्यक्ष ओली असार ३० गते प्रधानमन्त्री नियुक्त भएका थिए । उनले साउन ६ गते संसदमा विश्वासको मत लिइसकेका छन् ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस