मोरङमा एम्बुलेन्स दुर्घटना, चालकको मृत्यु

सफल खबर संवाददाता

आइतबार, ०३ चैत्र २०८१, १० : ५६
मोरङमा एम्बुलेन्स दुर्घटना, चालकको मृत्यु

काठमाडौँ । मोरङको बुढिगंगा गाउँपालिका-३ स्थित कोशी राजमार्गमा शनिबार राति एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार बूढीगंगा गाउँपालिका-३ मा रहेको महालक्ष्मी वायर अगाडि मनमाया श्रेष्ठ स्मृति प्रतिष्ठान मोरङको को १ च ४७७४ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा चालक २४ वर्षीय आशिष राईको मृत्यु भएको हो ।

एम्बुलेन्स चालक राई उदयपुरका बासिन्दा हुन्। दुर्घटनामा परेर गम्भीर घाइते उनको विराट शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी कार्यालय जनाएको छ । 

 

 

प्रतिक्रिया दिनुहोस