काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले शासकहरू मुठीभरको स्वार्थमा फस्दा देश र जनता कंगाल भएको बताएका छन् । प्रज्ञाभवन कमलादीमा आइतबार भएको ध्रुवीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले शासकहरू जनतातिर नभई मुठीभरको स्वार्थमा फस्दा देश कंगाल भएको बताएका हुन् ।
‘शासकहरू जनतातिर फर्किएनन् । विदेश(मालिक)तिर फर्किँदा समस्या आयो । मुठीभरको स्वार्थमा राज्य डुब्यो । राजनीतिज्ञहरू डुबे’, उनले भने, ‘गणतन्त्र आएको १८ वर्ष लामो समय गोलचक्करमा राज्य फसेको छ ।
तर जनतामा फर्किन सकेको छैन । नेपालको गणतन्त्र जनताको गणतन्त्र बन्न सकेन । त्यसैले आजको थुप्रै समस्याहरू हामीले खेप्नुपरेको छ । यसमा हाम्रो पार्टी निकै सचेत छ ।
नेकपाले सम्पूर्ण मित्रशक्ति कम्युनिस्ट, समाजवादी, गणतन्त्रवादी, देशभक्तहरूलाई एक ठाउँमा ल्याएर देश र गणतन्त्रलाई जनताको राज्यमा बदल्ने चाहना रहेको विप्लवले दाबी गरे ।देशमै बसेर जनतालाई उच्च शिर बनाएर आफ्नै विवेक, बल र तागतमा राष्ट्र निर्माण गर्न सकिन्छ भन्ने एउटा सन्देश दिनखोजेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ माघ २०८१, १५ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी घटकबिच एकता गर्ने र ०८४ को निर्वाचनमा भाग लिने विप्लवको निर्णय
देश एउटा गोलचक्करमा फसेको छ : महासचिव विप्लव
एमालेसँग पनि सहकार्य हुनसक्छ : महासचिव विप्लव