काठमाडौं । आइतबार निधन भएका पूर्वमन्त्री एवम् वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरको सोमबार अन्त्येष्टि गरिएको छ ।
तुलाधरको काठमाडौको शोभाभगवतीमा नेवारी परम्पराअनुसार अन्त्येष्टि गरिएको हो । अन्त्यष्टिअघि लाजिम्पाटस्थित तुलाधरको निवासबाट शवयात्रा निकालिएको थियो । कमलाक्षी, असन, बांगेमुढा, असन हुँदै शोभाभगवती पुर्याएर कर्णदीपमा अन्त्यष्टि गरिएको हो ।
प्रतिक्रिया दिनुहोस