काठमाडौं । चार देशीय महिला टी–२० सिरिजको आफ्नो चौथो खेलमा नेपालले नामिबियाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।
युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा नामिबीयाविरुद्ध नेपालकी कप्तान इन्दु बर्माले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकी हुन् ।
त्यसअघि नेपाल नामिबियासँग ६ विकेटले पराजित भएको थियो ।
उक्त सिरिजमा नेपालसहित घरेलु टोली युगान्डा, नेपाल, नामिबिया र हङकङ सहभागी छन् । ३ खेल खेलेको नेपालले १ खेलमा जित र २ खेलमा हार बेहोरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ फागुन २०८१, १२ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महिला टी–२० सिरिजः नेपालको पहिलो जित
युगाण्डाविरुद्ध नेपालले पहिला फिल्डिङ गर्दै