काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले राष्ट्रिय सुरक्षाको अभिभारा नेपाली सेनाले मात्रै लिएर सम्भव नहुने बताएका छन् ।
बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले राष्ट्रिय सुरक्षाको अभिभारा नेपाली सेनाले मात्रै लिएर सम्भव नहुने बताएका हुन् । प्रधानले राष्ट्रिय सुरक्षाको लागि नेपाली नागरिक पनि उभिनुपर्ने बताए । उनले यसका लागि राष्ट्रिय सेवा दलको अभ्यासको दायरालाई बढाउनुपर्ने बताए ।
उनले भने, ‘आवश्यक पर्दा राष्ट्रिय सुरक्षाको अभिभारा नेपाली सेनाले मात्रै लिएर सम्भव हुँदैन । नेपाली नागरिकपनि उभिनुपर्ने अवस्था आउनसक्ने अवस्थालाई तयारी गर्ने क्रममा राष्ट्रिय सेवा दलको अभ्यासलाई यसको दायरा बढाउनुपर्ने सल्लाह दिन चाहन्छु ।’
उनले विकसित सूचना प्रविधिको अध्ययन तथा अध्यापन गराउनुपर्ने पनि बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० जेठ २०८१, १४ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजाको नामबाट संसद् तरंगित हुँदा अति खुसी छौं : राप्रपा सांसद प्रधान
डलरका कुरा गरेर उक्साउने काम कसैले नगरौँ : सांसद प्रधान