काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले सत्ताले सत्ताभित्रकालाई एउटा र अरूलाई अर्को कानुन लगाउन थालेको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पाण्डेले सरकारको यही कार्यशैलीका कारण भ्रष्टाचार संस्थागत हुँदै गएको बताए ।
‘शासन सञ्चालनमा पक्षपात भएको छ । सहकारी ठगी प्रकरणमा ९० दिन विभिन्न जिल्ला डुलाएर अपमान गरियो तर त्यस्तै अपराधमा मुछिएका कांग्रेसका नेता उपसभापति, एमालेका सांसद उहाँका श्रीमतीलगायत थुप्रै व्यक्तिले कारबाही बेहोर्नुपरेन’, पाण्डेले भने, ‘लुम्बिनीका सांसद, कांग्रेसका मन्त्री, कांग्रेसकै कोही सांसद वासबारी छालाजुत्ता हडप्न सक्ने र कांग्रेस परिवारकै सदस्यले विना टेण्डर बालमन्दिरको जग्गा सुम्पने भयो ।
अर्थतन्त्र ओरालो लाग्दा सरकार टुलुटुलु हेरेर बसेको तथा भ्यु टावर ठड्याउनेतिरमात्र सरकार लाग्दा राष्ट्रिय गौरवका योजना अलपत्र बनेको पाण्डेको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ फागुन २०८१, १५ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चिकित्सा शिक्षा ऐन २०७५ संशोधन गर्नुपर्छ : सांसद पाण्डे