चिकित्सा शिक्षा ऐन २०७५ संशोधन गर्नुपर्छ : सांसद पाण्डे

सफल खबर संवाददाता

मंगलबार, ०८ साउन २०८१, १६ : ०७
चिकित्सा शिक्षा ऐन २०७५ संशोधन गर्नुपर्छ : सांसद पाण्डे

काठमाडौँ । सांसद राजेन्द्र पाण्डेले चिकित्सा शिक्षा ऐन २०७५ संशोधन गर्नुपर्ने बताएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले मेडिकल शिक्षा स्वादेशमै पढ्न पाउने गरी व्यवस्था मिलाउनका लागि सो ऐन संशोधन गर्नुपर्ने बताएका हुन् ।

सो व्यवस्था नहुँदा ४ हजार विद्यार्थी बंगलादेशमा जना बाध्यता रहेको उनले बताए । उनका अनुसार सो ऐन अनुसार २०७५ साल यता काठमाडौँ उपत्यकामा एउटा पनि मेडिकल कलेज सञ्चालन गर्न सकिएको छैन ।

अघिल्लो वर्ष ७३ वटा नर्सिङ कलेज बन्द भएकाले ३२ सय नेपाली युवती नर्सिङ शिक्षाबाट वञ्चित भएको उनले बताए ।  मेडिकल शिक्षाका लागि ३ खर्ब रुपैयाँ खर्च भएको उनको भनाइ छ ।

सो चिकित्सा शिक्षा आयोग ऐन अनुसार काठमाडौँ उपत्यकामा १० वर्षसम्म कलेज सम्बन्धन दिन नहुने र एउटै विश्व विद्यालयले ५ वटाभन्दा बढी कलेजलाई सम्बन्धन दिन नपाउने विषयलाई संशोधन गर्नुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस