काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले विपन्नको अस्पतालमा छुट्याइएको नि:शुल्क १० प्रतिशतको सेवामा मनोमानी भएको बताइएकी छिन् ।
प्रतिनिधि सभाको शून्य समयमा बोल्दै कार्कीले स्वास्थ्य संस्था सञ्चाललसम्बन्धी मापदण्ड नै प्रभावकारी नहुँदा निजी अस्पतालले उल्टै चर्को मूल्य असुलेको बताएकी हुन् ।
‘स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड २०७७ अनुसार स्वास्थ्य संस्था तथा अस्पतालले अनिवार्य रुपमा विपन्न नागरिकको लागि १० प्रतिशत नि:शुल्क सेवा दिनुपर्छ भन्ने भन्ने मापदण्ड भए पनि कार्यान्वयन भएको छैन,’ कार्कीले भनिन्, ‘यो व्यवस्था लागू भएको छैन । नियमन फितलो छ ।
मापदण्ड मन्त्रालयको मापदण्डमा सीमित छ । १० प्रतिशत नदिँदा कारबाही नहुने भन्ने पनि स्पष्ट छैन । कुल शय्याको १० प्रतिशत कि बिरामीको १० प्रतिशत ? बरु शय्या मात्रै नि:शुल्क गरेर अस्पतालले अन्य शुल्क चर्को असुलेको पाइन्छ ।’
निजी अस्पतालको अटेरीलाई रोक्न उनले अस्पताल सञ्चालनसम्बन्धी ऐन ल्याउन माग गरिन् । नभए निजी अस्पतालको अटेरी बढ्दै जाने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ जेठ २०८१, ११ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारले जथाभाबी बजेट खर्च गरेर जनताको करको दुरुपयोग गर्यो : सांसद कार्की