मधेशका गृहमन्त्रीको सुरक्षामा खटिएका असईको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, २७ फागुन २०८१, १४ : १३
मधेशका गृहमन्त्रीको सुरक्षामा खटिएका असईको मृत्यु

काठमाडौं। मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीको सुरक्षामा खटिएका सुरक्षाकर्मीको मृत्यु भएको छ । सोमबार राति मन्त्री लेखीका पीएसओ, प्रहरी सहायक निरीक्षक (असई) वीरेन्द्र कुमार यादवको उपचारका क्रममा मृत्यु भएको हो ।

 

 

मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, एसएसपी शान्तिराज कोइरालाका अनुसार यादवले आइतबार राति अचानक पेट र छाती दुखेको बताएपछि स्थानीय अस्पतालमा लगिएको थियो ।

त्यहाँ उपचार सम्भव नभएपछि विराटनगरस्थित नोबेल अस्पताल पुर्‍याएको थियो । उपचारकै क्रममा असई यादवको मृत्यु भएको एसएसपी कोइरालाले जानकारी दिए ।    उनले यादवको मृत्युको कारण पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै थाहा हुने भएकाले अनुसन्धान जारी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस