कोशी प्रदेश : विपक्षी दलको बैठक सुरु

सफल खबर संवाददाता

मंगलबार, २७ फागुन २०८१, १३ : ४३
कोशी प्रदेश : विपक्षी दलको बैठक सुरु

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने प्रदेशसभा बैठकमा सहभागी बन्ने कि नबन्ने भन्ने विषयमा छलफल गर्न विपक्षी दलको बैठक सुरु भएको छ ।प्रदेशसभा सचिवालयस्थित माओवादी केन्द्र संसदीय दलको कार्यालयमा सुरु भएको हो ।

बैठकमा माओवादी दलका नेता इन्द्रबहादुर आङ्बाे, नेकपा एकीकृत समाजवादी दलका नेता राजेन्द्र राई, राप्रपाकी प्रमुख सचेतक सविना बजगाईं र माओवादी सांसद बाबुराम गौतम सहभागी छन् ।

प्रधानमन्त्री ओलीले घोचपेच गर्ने भन्दै माओवादीले बैठक बहिस्कार गर्ने चेतावनी दिएपनि सत्तापक्षले मनाउने प्रयास गर्दै आएको बेला विपक्षी बैठकमा जुटेका हुन् । 

प्रतिक्रिया दिनुहोस