काठमाडौ । चालु आर्थिक वर्ष २०८१/८२ को सात महिनामा नेपालमा छ अर्ब २६ करोड ५४ लाख रुपियाँ बराबरको चार करोड ७५ लाख ६१ हजार केजी सुकेको लसुन आयात भएको छ । यो देशको आन्तरिक खपतका लागि हो वा यसमा अन्य कुनै कारण छ भन्ने आशङ्का भएको छ । भन्सार विभागले पनि यसलाई अस्वाभाविक आयात भएको उल्लेख गरेको छ ।
पाँच वर्षअघि आव २०७६/७७ मा ३१ करोडको लसुन आयात भएको नेपालमा यो आवको पहिलो सात महिनामा महिनामा नै छ अर्ब २६ करोड ५४ लाख रुपियाँ बराबरको लसुन आयात भएपछि यसको आन्तरिक खोजीमा सरकारी निकाय लागेको छ । यो अवधिमा नौ लाख २० हजार रुपियाँ बराबरको लसुन निर्यात भएको छ । बाँकी रहेको लसुन कहीँ भण्डारण गरेको पनि देखिँदैन ।
नेपालमा उपभोक्ताको अलावा चाउचाउ र अचार उद्योगले ठुलो परिणाममा लसुनको प्रयोग गर्ने गरेका छन् ।
नेपाल दक्षिण एसियाली सौविध्यपूर्ण व्यापार व्यवस्था (साफ्टा) को सदस्य राष्ट्र भएकाले विभिन्न देशबाट आयात भएको सामग्री सहजै भारत निर्यात हुने भएकाले नेपालको बाटो हुँदै चीनको लसुन भारत पुगेको अनुमान सरकारी निकायको छ । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, २६ फागुन २०८१, ०७ : ३०
लेखकबाट थप