जनकपुर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) जनतासँग माओवादी : तराई-मधेस अभियानका क्रममा ५ दिन अगाडी सिरहाको नवराजपुर गाँउपालिका– १ भगवतीपुर पुगे । बलत्कारजस्तो जघन्य अपराधमा पनि गाँउमै मिलापत्र गराउन खोज्दा ज्यान गुमाएकी रिंकुकुमारी सदाको घरमा पुगेर उनले न्यायका लागि आवाज उठाउने प्रतिवद्दता जनाए ।
आफ्नै घरको आँगनमा पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्ड न्यायको आवाज उठाउन उभिएको देखेपछि रिंकुका परिवारमा न्यायको आशा जाग्यो । प्रचण्डको नाम सुनेका तर नचिनेका परिवारलाई माओवादी अध्यक्ष, पूर्व प्रधानमन्त्री न्यायको आवाज उठाउन आँगनमै उभिएको देखेपछि स्थानीय माओवादीले परिचय गराएका थिए ।
प्रचण्डले बलत्कारजस्तो जघन्य अपराधमा पनि गाँउमै मिलापत्र गराउन खोज्दा एक होनाहार छोरीको ज्यान जाने अवस्था आउनु राष्टकै लागि लजास्पद घटना भएको भन्दै आफनो तर्फबाट न्यायको लागि आवाज उठाउने प्रतिवद्धता जनाएका थिए ।
प्रचण्ड नै न्यायको आवाज उठाउन आएपछि परिवारले न्याय पाउने आशा पालेका छन् ।
प्रचण्ड रिंकुको परिवार मात्रै होइन, अन्य सर्वसाधारण जनताका घरदैलोमै पुगेर त्यही बस्ने, जनतासँगै खाने गर्न थालेपछि मधेसमा माओवादीप्रति अहिले उर्लदो जनउभार देखिएको छ । बिहान सबैरै मनिङ वाकमा निस्कने, जनतासँग सुखदुखका भलाकुशरी गर्ने, ठाँउठाउमा जनसभा, कोणसभा गर्ने र बेलुकी पख फेरि जनतासँग उनीहरुकै घर आँगनमा गुनासो सुन्ने, समस्या पहिचान गर्ने र समाधानको कोसिस समेत गर्ने दैनिकी यतिबेला माओवादी नेता-कार्यकर्ताको मधेसमा छ ।
प्रचण्ड आफै पार्टीका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरु पम्फा भुसाल, अग्नि सापकोटा, महासचिव देव गुरुङ, उपमहासचिवहरु जर्नादन शर्मा, वर्षमान पुनलगायतका नेता बोकेर मधेसमा छन् । उनीहरुको दैनिकी नै मधेसका जनतासँग उनीहरुकै समस्या सुन्ने र माओवादी प्रतिको आर्कषण बढाउनेमै केन्द्रीत छ ।
गत चुनावसम्म मधेसमा घट्दो माओवादी प्रभावलाई फेरि पूर्नजीवित गर्ने र २०६४ को पहिलो संविधानसभाको निर्वाचनमा जस्तै जनउभार ल्याउने योजनाका साथ माओवादी अध्यक्ष प्रचण्ड सहितका पदाधिकारी नेताहरु अहिले हुलाकी राजमार्ग केन्द्रीत लम्बे अभियानमा छन् ।
तराई- मधेस माओवादीले २०५२ सालमा जनयुद्द सुरु गर्दा प्राथमिकताको क्षेत्र थिएन । पाहाडी तथा ग्रामीण क्षेत्रलाई मुख्य आधार इलाका बनाएर जनयुद्द शुरु गरेको माओवादीले त्यसपछि भने क्रमशः मधेसलाई पनि आधार क्षेत्र बनाउन कोसिस गरेको थियो ।
खासगरी मधेसका भूमिहिन, गरिव, दलित र थारु समुदायलाई लक्षित गरेर माओवादीले मधेसमा पार्टी विस्तार अभियान चलाएको थियो । भूमि पर्नूवितरण, जातिय विभेदको अन्त्य र स्थानीय आत्मनिर्णयको नारामा माओवादीले मधेसी जनतालाई एकाकार गर्ने कोसिस गरे । मधेसमा भईरहेको लामो समयदेखिको शोषणको कुरा उठाए । मधेसी पहिचान र राजनीतिक अधिकारको स्पष्ट एजेण्डा माओवादीले अगाडी सादैं मधेसमा माओवादीले संगठनात्मक अभियान चलाउने काम गरयो ।
तर पछिल्लो दिनमा माओवादी पार्टीमा आएको विभाजन, चुनावमा नाममा पछिल्ला चुनावहरुमा भईरहेको चुनावी गठबन्धन, माओवादी नेताहरुको निरन्तरको सत्तासँगको उठबस लगायतले माओवादीलाई जनताबाट कटाउँदै लग्ने काम भयो । तर अहिले माओवादी जनतासँग फेरि एकाकार हुने, जनताकै घरमा खाने बस्ने गरि अभियान लिएर फर्केका छन् । आफुबाट कमजोरी भएको र पछिल्लो सरकारको नेतृत्व गरिरहँदा भष्टाचारका विरुद्दमा अभियान छेडेर जनतामा विश्वास जितेको माओवादी अहिले लम्बे अभियानमा छ ।
'यो अभियानले जनतामा माओवादीप्रतिको जनआर्कषण बढाएको छ,' माओवादी प्रवक्ता समेत रहेका उपाध्यक्ष अग्नि सापकोटा भन्छन्, 'जनताको घरमा बस्नु, जे छ त्यही खानु अनि उनीहरूको कुरा सुन्ने यो अभियान प्रभावकारी भएको छ ।'
झापाको कचनकवलबाट माओवादीले यो पटक हुलाकीमार्ग केन्द्रीत जनतासँग माओवादी : तराई-मधेस अभियान सुरु गरेको हो । पहिलो चरणको यो अभियान पछि दोस्रँ चरणमा पनि अभियान लाने र पार्टी महाधिवेशनमा केन्द्रीत हुने योजना माओवादीले बनँएको छ ।
लामो समयदेखि पार्टीभित्रको आन्तरिक गुटबन्दी र कलहका कारण मधेस प्रदेशको सागठनिक संरचना समेत बनाउन नसकेको माओवादीले पार्टीभित्रको कलह ब्यवस्थापन गर्ने र जनताको मन जित्न घरदैलोमै पुग्ने, गुनासो सुन्ने काम थालेका हुन् ।
माओवादी आफैले स्थापित गरेको समानुपातिक समावेशीता, पहिचान, जागरणका विषयमा आफै फेरि जनतालाई बुझाउन जनतातिर फर्केको छ । मधेसी पहिचानमा स्पष्ट एजेण्डा नभएको आरोप खेपेको माओवादीले यसपटक अभियानमा त्यसलाई प्रष्ट बनाईरहेको छ । मधेसी दलहरुको उदय र उनीहरुले जनताप्रति देखाएको भद्दा मजाकको राजनीतिलाई समेत यसपटक माओवादीले अभियानका क्रममा जनताका बीचमा चिरेको छ । पूराना पार्टीका नेता कार्यक्र्तालाई फेरि एकपटक पूर्नसंगठित गर्ने काम गरेको छ । स्थानीय तहमा कांग्रेस, एमाले र अन्य मधेसबादी दलहरुसँग प्रतिस्पर्धा गर्नसक्ने नेता कार्यकर्ता रहेको संगठन निर्माणमा ध्यान दिन थालेको छ ।
यसले थारु र दलित समुदायमा पून माओवादीलाई संगठित बनाउने बलियो आधार देखाएको छ । संघीयता र स्थानीय विकासका एजेण्डालाई माओवादीले प्रष्ट राखेको छ । जसकाकारण मधेसमा माओवादीप्रति युवाहरुको आर्कष्ण बढ्न थालेको देखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ फागुन २०८१, १० : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा माओवादी केन्द्रका नेताहरु पुगे चीन
माओवादीद्वारा यी ८ बुँदे सर्कुलर जारी
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन माओवादीको उपाध्यक्षमा मनोनीत
तराई-मधेश जागरण अभियानमा फेरि होमियो माओवादी
पूर्वराजालाई तत्काल कारबाही गर्न माओवादीको माग
सर्वदलीय बैठक बोलाउन माओवादीको सुझाव