बलिउड अभिनेत्री कियारा आडवाणी यसकारण छाडिन् 'डन ३'

सफल खबर संवाददाता

विहीबार, २२ फागुन २०८१, १२ : १९
बलिउड अभिनेत्री कियारा आडवाणी यसकारण छाडिन् 'डन ३'

काठमाडौं । बलिउड अभिनेत्री कियारा आडवाणी र अभिनेता सिद्धार्थ मल्होत्राले आमाबुबा बन्न लागेको खबर सार्वजनिक गरेका थिए।

कियाराले थुप्रै फिल्म पनि साइन गरेकी छन्। केही समयअघि उनले फरहान अख्तरको निर्देशनमा बन्ने फिल्म 'डन ३' साइन गरेकी थिइन्। यस फिल्ममा रणवीर सिंहको मुख्य भूमिका रहनेछ। तर कियाराले 'डन ३' छाड्ने निर्णय गरेकी छन्। 

भारतीय सञ्चारमाध्यम पिंकभिलाका अनुसार कियाराले आफ्नो व्यक्तिगत जीवनलाई प्राथमिकतामा राख्दै 'डन ३' छाड्ने निर्णय गरेकी हुन्। रिपोर्टका अनुसार फरहान अहिले 'डन ३' का लागि नयाँ अभिनेत्रीको खोजीमा छन्। 

कियारा हाल 'वार २' र 'टक्सिक' मा व्यस्त छिन्। उनी दुवै फिल्मलाई लिएर उत्साहित छिन्। जासूसी एक्सन थ्रिलर फिल्म 'वार २' लाई अयान मुखर्जीले निर्देशन गर्नेछन्। फिल्ममा ऋतिक रोशन र जूनियर एनटीआर पनि देखिनेछन्। त्यस्तै 'टक्सिक' मा कियारा केजिएफ अभिनेता यशसँग देखिनेछन्।

 

प्रतिक्रिया दिनुहोस