काठमाडौं । काठमाडौंको थापाथली क्षेत्रमा मेलम्चीको पाइप फुटेको छ। मंगलबार बिहानै मेलम्चीको वितरण सञ्जालको पाइप फुटेको हो ।
थापाथली चोकबाट नर्भिक इन्टरनेशनल आउने सडकमा पाइपको लाइन फुटेको हो ।
पाइप फुटेपछि केहीबेर थापाथली क्षेत्र जलमग्न बनेको थियो । तर, अहिले फुटेको स्थानमा पानी वितरण बन्द गरिएको महानगरीय प्रहरी वृत सिंहदरबारले जनाएको छ ।
प्रहरीका अनुसार तर, पाइप फुटेपछि सडकसमेत अवरुद्ध भएको छ ।
यसअघि फागुन पहिलो साता मेलम्ची खानेपानीको पाइप फुट्दा काठमाडौंको बबरमहल क्षेत्र जलमग्न भएको थियो । गत मंसिरमा नयाँ बजार क्षेत्रमा मेलम्ची खानेपानीको पाइप फुटेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० फागुन २०८१, ०७ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सडक निर्माणको माग गर्दै सडकमै रोपियो केराको बोट
वर्षापछि पहिरो खस्दा विभिन्न ठाउँमा सडक अवरुद्ध
नारायणगढ–बुटवल सडक दैनिक चार घण्टा बन्द
काभ्रे–कोशीपूर्वका दुई सडक स्तरोन्नति गरिँदै
सूर्यविनायक–धुलिखेल सडकको काम समयमै सकिँदैन : आयोजना
नारायणगढ–बुटवल सडक: पूर्वी खण्डको ५० किमी कालोपत्र