काठमाडौँ। नेकपा एकीकृत समाजवादीकी सांसद गोमादेवी तिमिल्सनाले सहकारी पीडितले न्याय पाउन नसकेको भनेर सरकारको ध्यानाकर्षण गरेकी छन् ।
आइतबार राष्ट्रिय सभामा शून्य समयमा बोल्दै उनले सहकारी पीडितलाई न्याय दिन सरकारले नै अग्रसरता नलिएको आरोप लगाइन् । ‘वर्तमान सरकारले जनतालाई रोग, भोक र शोकमा डुबाएको छ । थोरै थोरै रकम जम्मा गरेर आवश्यक पर्दा गर्जो टार्न पाइएला भनेर सोचका ती वृद्ध आमा बुबा, दिदी बहिनी दाजुभाइहरूले जम्मा गरेको रकम सहकारीले एकपछि अर्को गर्दै तहसनहस बनाएको छ’ उनले आरोप लगाइन् ।
सहकारी पीडकहरू ठूला राजनीतिक दलमै रहेको पनि उनले बताइन् । ‘आफ्नो आफ्नो ठाउँमा आफ्ना कार्यकर्तालाई संरक्षण गर्न नसक्दा विभिन्न दलका नेता/कार्यकर्ताहरू नै सहकारीमा मुछिएको छ’ उनले भनिन् । यस्तोमा सरकारको अग्रसरता आवश्यक रहेको उनले बताइन् ।
सरकारलाई सांसद तिमिल्सनाको प्रश्न छ, ‘सहकारी पीडितहरूलाई कहिले न्याय दिने ? सहकारी पीडितले कहिले न्याय पाउँछन् सरकार ?’ आफ्नो प्रश्नमा सरकारले जवाफ दिनुपर्ने उनको माग छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ फागुन २०८१, १३ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभाबाट एकै दिन चार विधेयक पारित
सांसद सुनारको प्रश्न: मालपोत, नापी कार्यालयको काम जग्गा टुक्र्याउने मात्रै हो ?
सांसद बिष्टको प्रश्न : राष्ट्रिय खेलकुद कर्णालीमा हुन्छ कि हुँदैन ?
केआईआईटीबाट फर्किएका नेपाली विद्यार्थीबारे सरकारको योजना के छ ?
राष्ट्रिय सभा : खाद्य पदार्थमा विषादी औषधिको प्रयोग नगर्न माग
राष्ट्रिय सभा बैठक बस्दै, मिडिया काउन्सिल विधेयकमाथि छलफल हुने